२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

हंगेरीलाई हराएर स्विट्जरल्यान्ड दोस्रोमा

कोलान — युरो-२०२४ को समूह ‘ए’ को खेलमा स्विट्जरल्यान्डले हंगेरीलाई ३–१ ले पराजित गरेको छ । यससँगै स्विस टिम आफ्नो समूहको दोस्रो स्थानमा रह्यो । यसअघि यसै समूहको खेलमा आयोजक जर्मनीले स्कटल्यान्डलाई ५–१ ले पराजित गरेको थियो ।

हंगेरीलाई हराएर स्विट्जरल्यान्ड दोस्रोमा

स्विस टिमले प्राप्त गरेको जितमा क्वाडोओ ड्वाह र मिचेल एबिसचेरले पहिलो हाफमा १/१ गोल गरे । दोस्रो हाफमा हंगेरीका लागि बारनबास भरगाले १ गोल फर्काए र खेलले रोमाञ्चक मोड लियो । तर दोस्रो हाफको इन्ज्युरी समयमा ब्रेल इमबोलोले तेस्रा गोल गर्दै स्विट्जरल्यान्डको जित निश्चित गरे । जर्मनी र स्विटरल्यान्ड दुवै समान ३ अंकमा रहे ।

प्रकाशित : असार १, २०८१ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x