कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

ओलम्पिकमा भरतसिंहले पाए वाइल्ड कार्ड

पेरिस पारा ओलम्पिकमा पलेशा र भरतको सहभागिता

काठमाडौँ — पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले पेरिस पारा ओलम्पिक खेल्ने भएका छन् । पारा ओलम्पिक फ्रान्सको पेरिसमा अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म हुनेछ । उनले वाइल्ड कार्ड कोटाबाट ओलम्पिकमा स्थान सुरक्षित गरेका हुन् । उनी के४४ विधाको ५८ केजीमुनिको तौल समूहका खेलाडी हुन् ।

ओलम्पिकमा भरतसिंहले पाए वाइल्ड कार्ड

पेरिस पारा ओलम्पिकका लागि छनोट भएका उनी नेपालका दोस्रो खेलाडी हुन् । यसअघि एसिया क्वालिफायर जित्दै पलेशा गोबर्धनले पेरिस यात्रा पक्का गरिसकेकी थिइन् । हाङचाउ एसियाडकी पदक विजेता पलेशाले भने टोकियो पारा ओलम्पिक पनि खेलिसकेकी छन् । टोकियोमा पलेशाले पनि वाइल्ड कार्डबाट खेलेकी हुन् ।पलेशाले के४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् ।

दार्चुला अपीहिमाल गाउॅपालिका ८ का भरतसिंह डेढ वर्षदेखि राष्ट्रिय पारा तेक्वान्दो टिममा रहेर प्रशिक्षण गरिरहेका थिए ।गत चैतमा चीनको तायनमा भएको पेरिस पारा ओलम्पिकको एसियाली छनोटमा पलेशा, भरतसिंह र अमिर भ्लोनले भाग लिएका थिए ।

पलेशा स्वर्ण जित्दै सिधै छनोट भइन् भने भरत सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग पराजित भएका थिए ।त्यसअघि उनले इन्डोनेसियाका खेलाडीलाई अंकका आधारमा हराएका थिए । त्यसपछि भरत विश्व वरीयताको ८१ औंमा रहेका थिए ।

नेपाल तेक्वान्दो संघ र नेसनल पारालम्पिक कमिटी नेपालले गत मे महिनामा भरत र अमिरका लागि वाइल्ड कार्डलाई आवेदन दिएका थिए ।

वाइर्ल्ड कार्डका लागि वरीयता आवश्वक भएकाले वर्ल्ड तेक्वान्दोको कार्यक्रम भियतनाममा भएको नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा भरत, अमिर र पलेशालाई सहभागिता गराएको थियो । जहाँ भरतले अजरबैजानका खेलाडीसँग हारे पनि काजकिस्तानका खेलाडीलाई हराएका थिए । यो जितले भरत वरीयताको ५८ औं स्थानमा आइपुगेको थियो । जसका कारण उनी वाइर्ल्ड कार्ड पाउन योग्य भएको तेक्वान्दो संघले जनाएको छ ।

प्रकाशित : असार ५, २०८१ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×