कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

नेपाल स्काउट समय सापेक्ष रुपान्तरण हुनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ — युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाल स्काउट समय सापेक्ष रुपान्तरण हुनुपर्ने बताएका छन् । ७३औँ स्थापना दिवसको सन्दर्भमा बुधबार आयोजित कार्यक्रममा उनले परिवर्तन आत्मसाथ गर्दै स्काउटको मूल्य मान्यता यथावत् राख्नुपर्ने बताए ।

नेपाल स्काउट समय सापेक्ष रुपान्तरण हुनुपर्छ : मन्त्री श्रेष्ठ

समाजमा निस्वार्थ भावना राखेर सहयोग पुर्‍याउँदै आएको स्काउटको महत्व अपरिर्हाय रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले समयको माग अनुसार स्काउटले अब गर्नुपर्ने महत्वपूर्ण विषय भनेका ‘प्रकृतिसँग नजिक’ र ‘प्रकृतिको संरक्षण’ जस्ता मुद्दा पनि रहेको बताए । स्काउटका माध्यमबाट समाजका विसंगती हटाउन, विपत् व्यवस्थापन गर्न र सभ्य समाज निमार्ण गर्न जनशक्ति उत्पादनमा सहयोग पुगेको उनले बताए ।

मन्त्री श्रेष्ठले छिट्टै नै राष्ट्रिय परिषद्को बैठक बसेर स्काउटमा युवा परिचालन सशक्त बनाउने योजना रहेको बताए । सरकारले अनुदानमा दिएको सात करोड चालु आर्थिक वर्षमा ७० प्रतिशत जति खर्च भएको जानकारी दिए । सो अवसरमा उनले सातवटै प्रदेशका स्काउटका गतिविधिको प्रतिवेदन मन्त्री श्रेष्ठसमक्ष बुझाए ।

नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जीतले युवा तथा बालबालिकालाई अनुसाशित बनाउन, समाज सभ्य बनाउन, युवा नेतृत्वको विकास गर्न, अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि निर्माण गर्नलगायत कार्यमा स्काउटले भूमिका खेल्दै आएको बताए ।

प्रकाशित : असार ५, २०८१ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×