कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

कर्णाली रंगशाला निर्माण : ८२ प्रतिशत काम सकियो

सुर्खेत — कर्णाली प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा अघि सारेको प्रदेश रंगशालाको निर्माण ८२ प्रतिशत पूरा भएको छ। आगामी १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै निर्माण कार्यलाई तीब्रता दिइएको छ । 

कर्णाली रंगशाला निर्माण : ८२ प्रतिशत काम सकियो

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले १८ प्रतिशत काम दुई महिनाभित्रमा सकिने गरी निर्माण कार्यमा जोड दिएको बताएको छ । अहिलेसम्म रंगशालाको १० हजार दर्शक अट्ने क्षमता भएको रंगशाला थ्रीडी एनिमेसन र दर्शक प्यारापिटमा ६ हजार कुर्सी जडान भएको छ ।

भीआईपीतर्फको प्यारापिटमा सिभिल निर्माणको काम सम्पन्न भएको छ । पौडी पोखरी, व्यावसायिक सटर, गेट निर्माण, रुख रोप्ने र हरियाली बनाउने काम अन्तिम चरणमा छ । प्यारापिटतिर फिनिसिङ र छाना निर्माणको काम तीब्र गतिमा भइरहेको छ । यस्तै, एथलेटिक्स, ट्रयाक/ बाटोको कालोपत्रे एक हप्तामा सक्ने तयारी छ ।

खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सन्ज्यालले रंगशाला निर्माणको सम्पूर्ण कार्य भदौ महिनामा सम्पन्न हुने बताए । 'असारसम्म ९० प्रतिशन काम सकिन्छ । रातदिन नभनेर काम गरेका छौँ,' उनले भने, ‘हामीले हाम्रो जिम्मेवारी पूरा गरेका छौं, तोकिएको समयमा प्रतियोगिता गर्न सरकार तयार हुनुपर्छ ।’

हालसम्म रंगशाला निर्माणमा १ अर्ब २२ करोड रुपैयाँ खर्च भएको छ । कुल बजेटको ७६.५४ प्रतिशत बजेट खर्च भएको उनले बताए । चालु आर्थिक वर्षमा रंगशालामा प्रदेश सरकारले ८५ करोड रुपैयाँ विनियोजन गरेको थियो । २०८१ जेठ ११ गते सक्ने उद्देश्यले निर्माण कार्यको जिम्मा लिएको एमएसी/जिएसएल जेभीले कोरोना र भूकम्पका कारण काम प्रभावित भएको भन्दै ढिला भएको दाबी गरेको छ ।

खेलकुद परिषद्का उपाध्यक्ष प्रेम हमालले कोरोना र भूकम्पका कारण सम्झौता गरेका मिति भन्दा थोरै ढिला हुन गएको बताए । '१८ प्रतिशत पनि सामान्यतया काम मात्र बाँकी छ,' उनले भने, ‘यसरी तोकिएकै सययमा काम सम्पन्न होला भनेर कल्पना पनि गरिएको थिइएन ।’

तोकिएको समयमै प्रतियोगिता हुन्छ : मन्त्री श्रेष्ठ

युवा तथा खेलकुद मन्त्री विराभक्त श्रेष्ठले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा गर्ने प्रतिबद्धता जनाएका छन् । कर्णालीमा हुने प्रतियोगिता महा उत्सवका रुपमा तयारीमा जुट्न उनले निर्देशन दिएका छन् । पूर्वाधार निर्माणको निरीक्षण गर्न सुर्खेत आएका मन्त्री श्रेष्ठले तोकिएको समयमा प्रतियोगिता हुन्न कि भनेर आशंक नगर्न अपिल गरे ।

‘संघीय सरकारले आवश्यक बजेट व्यवस्था गर्न तयार छ,’ उनले भने, ‘बजेटको अभाव हुन दिनौं । खुसीको कुरा त यो छ कि प्रदेश सरकारले आफ्नै बलमा पूर्वाधार निर्माण गर्न सफल भएको छ ।’

१० औं खेलकुद आयोजनाका लागि संघ सरकारले ६० करोड विनियोजन गरेको मन्त्री श्रेष्ठले बताए ।

प्रकाशित : असार ५, २०८१ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×