२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कानुन निर्माणमा चनाखो हुन सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कानुन निर्माणमा चनाखो भएर भूमिका निर्वाह सांसदहरूलाई निर्देशन दिएका छन् । 

कानुन निर्माणमा चनाखो हुन सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

पार्टी संसदीय दलको शनिबार बसेको बैठकमा अध्यक्ष ओलीले कानुन निर्माणको पाटोमा चनाखो भएर भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन दिएका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले अध्यक्ष ओलीले सांसदहरूलाई जनसरोकारका मुद्दा संसद्मा मुखरित गर्न तथा ज्वलन्त मुद्दाहरूमा विशेष तयारीका साथ प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

प्रमुख सचेतक बर्तौलाले संयुक्त सरकारको चरित्रबमोजिम बजेट आउन नसकेपछि राजनीतिक रुपमा बजेटलाई पारित गरेर जाने बताए । उनले सरकारलाई कमजोर बनाउने षड्यन्त्र भइरहे पनि वर्तमान सत्तारुढ समीकरणलाई मजबुत बनाएर अघि बढ्ने बताए ।

‘संसद्भित्रैबाट पनि बोल्दै आएका के छ भने अहिलेको बजेट अलि प्रभावकारी ढंगबाट आउनुपर्थ्यो । त्यसमा केही छलफल कम भएको यथार्थ हो । किनभने यो संयुक्त सरकार हो । संयुक्त सरकारको चरित्रबमोजिम बजेटले त्यो स्प्रिट पक्रिनुपर्थ्यो कि भन्ने एउटा आशय र विषय हाम्रो हो । त्यसरी बजेट नआएपछि यसमा स्वभाविक गुनासो, प्रश्न र सुझाव लिने कुरालाई अन्यथा लिनु भएन,' प्रमुख सचेतक बर्तौलाले भने, 'जसरी विषयवस्तु आएपनि, बजेट आएपनि अन्तत्वोगत्वा यो बजेट राजनीतिक हिसाबले यसलाई हामीले समर्थन गरेर, बोकेर जानुपर्छ । यो गठबन्धनलाई हामी बलियो बनाएर लिएर जान चाहान्छौँ । यो समीकरणलाई अझ मजबुद बनाएर अगाडी बढाउन चाहन्छौँ ।'

वर्तमान सत्ता गठबन्धन बलियो बनाउनका लागि पार्टी दृढ रहेको बर्तौलाको भनाइ थियो । 'यो सरकारलाई मजबुत बनाउने र आज दिएका सुझाव भोलिका लागि कामयावि होस् भन्नका लागि हामीले खुला रुपमा कसैलाई पनि छलफलमा आफ्ना सुझाव दिन अनुरोध गरेका छौँ । छेकबार गरेका छैनौँ,' बर्तौलाले भने, 'दलका नेताज्यूबाट विशेष गरेर संसदीय मामिलामा जनसरोकारका मुद्दाहरूमा संसद्मा मुखरित गर्ने र विकास निर्माणको सँगसँगै नीतिगत पक्षमा राष्ट्रका कयौँ ज्वलन्त, महत्वपूर्ण विषयमा सांसदहरूले विशेष तयारीका साथ आफूलाई प्रस्तुत गर्ने, कानुन निर्माणको पाटोमा चनाखो भएर भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्न निर्देशित गर्नुभयो ।’

सरकारमा सहभागि हुन चाहाने दलहरूलाई समावेश गराएर जाने पक्षमा एमाले रहेको र त्यसतर्फ सरकार अघि बढ्ने पनि बर्तौलाले बताए ।

प्रकाशित : असार १, २०८१ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x