कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नवलपुरमा लिग सुरु

नवलपुर — पूर्वी नवलपरासीमा चौथो नवलपुर जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । जिल्ला फुटबल संघ नवलपुरले आयोजना गरेको प्रतियोगीतामा जिल्लाका १२ क्लब सहभागी छन् ।

नवलपुरमा लिग सुरु

कावासोती नगरपालिका–१२ स्थित डायमण्ड युथ क्लबको मैदानमा सुरु प्रतियोगिताबाट उत्कृष्ट हुने क्लबले प्रदेशस्तरीय लिग फुटबलमा भाग लिने जिल्ला फुटबल संघ नवलपुरका अध्यक्ष सेतुमान पुनले बताए ।

जिल्लाका खेलाडीको स्तरवृद्धि र गाउँका प्रतिभावान खेलाडीको पहिचान र छनोट गर्न लिग गरिएको हो । विजेता क्लबलाई प्रदेशस्तरीय लिगमा छनोट गर्नुका साथै ८० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । दोस्रोले ५० हजार र तेस्रोले २० हजार पाउनेछन् । प्रतियोगिताको प्रायोजकको रूपमा सेन्टर कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टर रहेको छ ।

लिगमा ए, बी, सी डिभिजन खेलेका कुनै पनि खेलाडी सहभागी हुन पाउने छैनन् । खेलाडी छनोट गर्दा एक टिममा कम्तीमा ५ खेलाडी १९ वर्षको राख्नुपर्ने प्रावधान छ ।

प्रकाशित : जेष्ठ ८, २०८१ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×