कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

एफएकप : चेल्सीलाई पन्छाउँदै सिटी फाइनलमा

एजेन्सी

लन्डन — बर्नाडो सिल्भाले गरेको एक मात्र गोलको मद्दतले म्यानचेस्टर सिटीले शनिबार चेल्सीलाई १–० ले पराजित गर्दै एफएकपको फाइनल यात्रा तय गरेको छ । खेल सकिन छ मिनेट अगाडि सिल्भाले निर्णायक गोल गरेका हुन् ।

एफएकप : चेल्सीलाई पन्छाउँदै सिटी फाइनलमा

सिटी यसअघि मध्य साता युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडको हातबाट पराजित भएको थियो । तर अब डिफेन्डिङ च्याम्पियन सिटीसामु घरेलु कप उपाधि जित्ने अवसर हुनेछ ।

उपाधि भिडन्तमा उसको प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड र कभेन्ट्रीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग हुनेछ । सिटी १३ औं पल्ट एफएकपको फाइनल खेल्दैछ । गत सिजन सिटीले फाइनलमा युनाइटेडलाई हराएको थियो ।

प्रकाशित : वैशाख ९, २०८१ ०६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?