कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

लखनउमाथि कोलकाताको सजिलो जित

कोलकाता, एजेन्सी — कोलकाता नाइट राइडर्सले आईपीएल २०२४ मा आइतबार लखनउ सुपर जायन्टसमाथि सजिलो जित निकालेका छ । इडेन गार्डेनमा भएको खेलमा कोलकाता आठ विकेटले विजयी भयो । उसले २६ बलको खेल बाँकी छँदै  जित निकालेको थियो । 

लखनउमाथि कोलकाताको सजिलो जित

पहिले ब्याटिङ गरेको लखनउले सात विकेटमा १ सय ६१ रनको स्कोर खडा गरेको थियो । त्यसमा निकोलस पुरनले सर्वाधिक ४५ रन बनाए । मिचेल स्टार्कले कोलकाताका लागि २८ रनमा तीन विकेट लिए ।

जवाफमा कोलकाताले १५.४ ओभर मात्र उपयोग गर्दै दुई विकेट गुमाएर १ सय ६२ रन बनायो । ओपनर फिल साल्ट ४७ बलमा ८९ रन बनाएर नटआउट रहे । इंग्लिस विकेटकिपर ब्याटरले ४७ बलमा १४ चौका र तीन छक्का प्रहार गरे ।

कोलकाता पाँच खेलबाट आठ अंक बटुलेर दोस्रो स्थानमा छ । लखनउको छ अंक छ र पाँचौं स्थानमा छ ।

प्रकाशित : वैशाख २, २०८१ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×