कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

आईपीएल २०२४ : गुजरातसँग राजस्थानको जित यात्रामा पूर्णविराम

एजेन्सी

जयपुर — लगातार खेल जितेर अंक तालिकाको शीर्षमा रहेको राजस्थान रोयल्स बुधबार आईपीएल २०२४ मा गुजरात टाइटन्सको हातबाट तीन विकेटले पराजित भएको छ । गुजरातको जित अन्तिम बलमा सम्भव भएको थियो ।

आईपीएल २०२४ : गुजरातसँग राजस्थानको जित यात्रामा पूर्णविराम

आभेस खानको बलमा रसिद खानले चौका प्रहार गर्दै गुजरातलाई सनसनीपूर्ण जित दिलाए । जितका लागि १ सय ९७ रन पछ्याएको गुजरातले सात विकेट गुमाएर १ सय ९९ रन बनाएको हो ।

रसिदले ११ बलमा २४ रन बनाए र नटआउट रहे । उनी ‘प्लेयर अफ द म्याच’ रहे । कप्तान शुभमन गिलले पनि ४४ बलमा ७२ रन जोडे । त्यस अगाडि राजस्थानले तीन विकेटमा १ सय ९६ रन बनाएको थियो ।

त्यसमा कप्तान सन्जु सामनसनले ६८ र रियान परागले ७६ रन बनाए । यो जितपछि गुजरातको छ अंक भएको छ । राजस्थानको भने आठ अंक छ र अझै शीर्ष स्थानमा छ ।

प्रकाशित : चैत्र २९, २०८० ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×