कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

प्लानिङ ब्वाइज उपाधि नजिक

सुनसरी — काठमाडौंको प्लानिङ ब्वाइज युनियन क्लबले मंगलबार सातौं आमन्त्रण भरौल गोल्डकप फुटबल प्रतियोगिताको फाइनल तय गरेको छ ।

सुनसरीको बराहक्षेत्र ५ मा मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा धरान फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै साबिक विजेता प्लानिङ ब्वाइज उपाधि नजिक पुगेको हो । प्लानिङको जितमा दुवै गोल विदेशी खेलाडी नेपोलियनले गरे ।

सुरुदेखि नै धरानमाथि दबाब बढाएको प्लानिङले ५८ औं मिनेटमा अग्रता बनायो । दोस्रो हाफमा इन्ज्युरी समयमा नेपोलियनले दोस्रो गोल गरेपछि धरान स्तब्ध बन्यो ।

नेपोलियन म्यान अफ द म्याच भए । उनले ५ हजार पाए । बुधबार सेमिफाइनलमा आयोजक न्युस्टार फुटबल क्लब र बिर्तामोड न्युस्टार झापाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : चैत्र २८, २०८० ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×