कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

राजस्थान रोयल्सको विजयी सुरुआत

जयपुर, एजेन्सी — इन्डियन प्रिमियर लिग आईपीएल-२०२४ अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई २० रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ । आइतबार भएको खेलमा जितका लागि १ सय ९४ रनको लक्ष्य पाएको लखनउले ओभरमा छ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो । जितका लागि उसले अन्तिम ओभरमा २७ रन बनाउन आवश्यक थियो ।

राजस्थान रोयल्सको विजयी सुरुआत

त्यसमा आभेव खानले कसिकसाउ बलिङ गरे । लखनउका लागि निकोलस पुरनले सर्वाधिक ६४ रन बनाए र नटआउट । उनले ४१ बलमा चार चौका र चार छक्का प्रहार गरे । तर त्यो पर्याप्त रहेन । कप्तान केएल राहुलले पनि ४४ बलमा ५८ रन बनाए । उनको ब्याटबाट ४४ बलमा चार चौका र दुई छक्का निस्केको थियो ।

राजस्थानले पहिले ब्याटिङ गर्दै चार विकेटमा १ सय ९३ रन बनाएको थियो । त्यसमा कप्तान सन्ज सामसने सर्वाधिक ८२ रन बनाए । त्यसका लागि उनले ५२ बलको सामना गरे र आक्रामक हुँदै तीन चौका तथा छ छक्का प्रहार गरे ।

यस्तै रियान परागले २९ बलमा ४३ रनको योगदान गरे ।

प्रकाशित : चैत्र ११, २०८० १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×