कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिता सुरु

लक्ष्मी गौतम

पाँचथर — कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता फिदिममा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन बुधबार जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले गरे । विभिन्न पाँच विधामा संञ्चालन हुने प्रतियोगिता अन्तर्गत बुधबार मेन्स सिंङगलका केही खेल सम्पन्न गरियो ।

प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिता सुरु

बुधबार सम्पन्न मेन्स सिंगलतर्फका खेलमा भोजपुरका बिशाल तामाङ, ताप्लेजुङका अन्डरेश लिम्बू, सुनसरीका संगम गिरी, पाँचथरका दिवस शंकर, उदरपुरका बिनय चौधरी, तेह्रथुमका नबिन सिलवाल,संखुवासभाका अनुज तामाङ, भोजपुरका बिबेक श्रेष्ठ,भोजपुरकै युनशल राई,सोलुखुम्बुका सगुन कार्की, खोटाङका योदेश राई, तेह्रथुमका बिकेक कन्दङ्वा,सोलुखुम्बुका संयोग बस्नेत,उदयपुरका सुजल चौधरी र ताप्लेजुङका मिलन गुरुङ दोश्रो चरण प्रबेश गरेका छन् ।

बुधबार नै वुमेन्स सिङ्गल र मेन्स सिंगलको दोश्रो चरणका खेल सुरु भएका छन । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा कोशी प्रदेश खेलकुद विकास बोर्ड र फिदिम नगरपालिकाले आर्थिक सहयोग गरेका छन् ।

प्रतियोगिताका खेलहरु जिल्ला समन्वय समितिको कवर्डहलमा संचालन भइरहेको छ । प्रतियोगितामा मेन्स डबल, मेन्स सिंगल, विमेन डबल, विमेन सिंगल र मिक्स डबलका खेलहरु हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए । प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाको ६८ जना खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको हरेक विधाका बिजेताले ट्रफी र मेडल सहित नगद २० हजार, १० हजार र ५ हजार प्राप्त पुरस्कार पाउनेछन । यस्तै, खुल्ला भेट्रान्स तर्फ दुई विधाको खेल हुने आयोजकले जनाएको छ ।

खुल्ला भेट्रान्स प्रतियोगिता तर्फका बिजेताले ३० हजार र उपबिजेताले १५ हजार प्राप्त गर्ने छन् । आगामी फाल्गुन २४ गते देखि हेटौडामा हुने अन्तर प्रदेश स्तरीय प्रतियोगिताको खेलाडी छनोट समेत यसै प्रतियोगिताबाट गरिने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए ।

प्रतियोगितामा प्राबिधिक सहयोग जिल्ला ब्याटमिन्टन संघले गरेको छ ।

प्रकाशित : फाल्गुन ९, २०८० १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×