एसपीए र होलील्यान्ड फाइनल प्रवेश
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
धनगढी — श्री कलेज धनगढी कप फुटबल प्रतियोगिताको उपाधिका लागि धनगढीको सुदूरपश्चिम एकेडेमी र कैलाली अत्तरियाको होलील्यान्ड सेकेण्डरी स्कुल बिहीबार फाइनलमा भिडने भएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![एसपीए र होलील्यान्ड फाइनल प्रवेश](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/4264634356460912576024064771694736301492831n-2122024061727-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
धनगढी रंगशालामा जारी प्रतियोगिताको बुधबार भएका सेमिफाइनल खेलहरुमा विजयी भएर ती दुई टिम फाइनलमा प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनलमा सुदूरपश्चिम एकेडेमीले सैनिक आवासीय विद्यालय तेघरीलाई १-० गोल अन्तरले पराजित गरी फाइनलको यात्रा तय गरेको हो । खेलको दोस्रो हाफमा सुदूरपश्चिम एकेडेमीका आयान मन्सुरीले गोल गरे । मन्सुरी प्लेयर अफ द म्याच घोषित भए ।
बुधबारकै दोस्रो सेमिफाइनल खेलमा अत्तरियाको होलील्यान्ड सेकेण्डरी स्कुलले एलायन्स इन्टरनेसनल स्कुललाई १-० गोलले पराजित गरी फाइनलमा स्थान पक्का गरेको हो । होलील्यान्डका लागि खेलको पहिलो हाफको १२ औं मिनटमा राजु लामाले गोल गरे । उनी प्लेयर अफ द म्याच घोषित भए ।
फागुन ६ देखि सुरु भएको दोस्रो संस्करणको प्रतियोगितामा १० विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिता आयोजक संस्था लिटल फ्लावर स्पोर्ट्स इभेन्टका अध्यक्ष रामचन्द्र शाहीले विजयी टिमलाई ५० हजार, उपविजेतालाई २५ हजार पुरस्कार राशि प्रदान गरिने बताए ।
यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ६ हजार, उत्कृष्ट गोलकिपरलाई ३ हजार र उदयमान खेलाडीलाई पनि ३ हजार पुरस्कार प्रदान गरिने छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)