कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

गोर्खाली रग्बीको लगातार जित

काठमाडौँ — गोर्खाली रग्बी क्लबले दशरथ रंगशालामा भइरहेको फिफ्टिन्स रग्बी लिगमा लगातार दोस्रो जित पाएको छ । बुधबार लिग चरणको दोस्रो खेलमा गोर्खालीले एपीएफ क्लबलाई हरायो । गोर्खालीले एपीएफमाथि ४९–२० को स्कोर सफलता पायो । गोर्खाली ६ अंक जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । एपीएफ ४ अंकसहित तेस्रो स्थानमा रह्यो ।

गोर्खाली रग्बीको लगातार जित

अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ५३–७ स्कोरले पराजित गरेको थियो । आर्मीले पहिलो जित निकाल्दै ४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । एपीएफसँग समान अंक भए पनि आर्मी स्कोरका आधारमा दोस्रो स्थानमा पुग्यो । पुलिस २ अंकसहित चौथो बनेर पुछारमा छ ।

लिगको अन्तिम चरणमा पुलिस र एपीएफ तथा गोर्खाली रग्बी र आर्मी क्लब भिड्ने छन् । नेपाल रग्बी संघले आयोजना गरेको प्रतियोगिता विजेता टिमले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार जित्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई समावेश गरेर राष्ट्रिय टिम निर्माण गर्ने रग्बी संघले जनाएको छ ।

प्रकाशित : फाल्गुन ९, २०८० १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×