कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५६

रोटरी रत्ननगरले मिनी म्याराथन गर्ने

रमेशकुमार पौडेल

चितवन — रोटरी क्लब रत्ननगरले फागुन १९ गते साढे १५ किलोमिटर दुरीको मिनी म्याराथन गर्ने भएको छ । सोही समयमा महिलाहरूका लागि ५ किलोमिटर दुरीको प्रतियोगिता गरिने क्लबले सोमबार रत्ननगरमा आयोजना गरेको पत्रकार सम्मेलन जानकारी दिएको छ । पहिलो प्रतियोगिता गरेको चार वर्षपछि क्लबले दोस्रो पटक मिनी म्याराथन गर्न लागेको हो । यो पटक पुरस्कारको राशी बढेको छ ।

रोटरी रत्ननगरले मिनी म्याराथन गर्ने

साढे १५ किलो मिटर खुला मिनी म्याराथनमा पहिलो हुनेले एक लाख रुपैयाँ नगद र चाँदीको मेडल तथा प्रमणपत्र पाउने मिनी म्याराथनका संयोजक विपिन पोखरेलले जानकारी दिए । दोस्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगदका साथै चाँदीको मेडल र प्रमाणपत्र पाउने छन् । चौथो हुनेले १० हजार, पाँचौंले पाँच हजार र छैठौंदेखि १० औं हुनेले तीन हजार रुपैयाँ नगद र प्रमणपत्र पाउने छन् ।

त्यसै गरी सिमान्तकृत वर्गमा रहेको चितवनको पहाडी क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदाय चेपाङबाट सहभागी भएर दुरी पुरा गर्नेले नगद दुई हजार रुपैयाँ प्रोत्साहन पुरस्कार पाउने संयोजक पोखरेलले बताए । महिलाको पाँच किलो मिटर दौडमा पहिलो हुनेले २० हजार रुपैयाँ, दोस्रो हुनेले १० हजार रुपैयाँ र तेस्रो हुनेले पाँच हजार रुपैयाँ नगद र चाँदीको मेडल तथा प्रमणपत्र पाउने छन् ।

महिला तर्फ चौथो हुनेले तीन हजार, पाँचौ हुनेले २५ सय र छैठौंदेखि १० औं स्थानसम्म रहनेले दुई हजार रुपैयाँ नगद र प्रमणपत्र पाउने पोखरेलले जानकारी दिए । चेपाङ समुदायबाट सहभागी भएका महिलालले दुरी पुरा गरेमा प्रोत्साहन स्वरुप हजार रुपैयाँ नगद पुरस्कार दिने पनि पोखरेलले बताए । रोटरीले यसअघि ७६ सालको माघमा गरेको मिनी म्याराथनमा सशस्त्र प्रहरीका गोपिचन्द्र पार्की पहिलो हुँदै ५० हजार रुपैयाँ पाएका थिए ।

यो पटक पुरस्कारको राशी र स्वरुप पनि बढाएको आयोजकले बताएका छन् । प्रतियोगितामा यो पटक पनि राष्ट्रियस्तरका धावकहरू सहभागी हुने आयोजकको अपेक्षा छ । फागुन १७ गतेसम्म नामांकनको समय दिइएको छ । मिनी म्याराथन नारायणगढ नदी किनारबाट सुरु भएर रत्ननगरमा सकिने छ भने महिलाको दौड भरतपुर गोन्द्राङ टिकौली जंगलबाट सुरु भएर रत्ननगरमा सकिने छ ।

प्रकाशित : माघ २२, २०८० १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×