कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

आइभरी कोस्ट र दक्षिण अफ्रिका अफ्रिका कपको सेमिफाइनलमा

काठमाडौँ — आइभरी कोस्टले अतिरिक्त समयको अन्त्यतिर गरेको गोलमा मालीलाई २–१ ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । यस्तै दक्षिण अफ्रिकाले टाइब्रेकरमा केप भार्डेलाई २–१ ले हरायो र अन्तिम चारमा पुग्यो ।

आइभरी कोस्ट र दक्षिण अफ्रिका अफ्रिका कपको सेमिफाइनलमा

आयोजक आइभरी कोस्टका लागि ओमर डिकेटले १ सय २२ औं मिनेटमा निर्णायक गोल गरे । खेलको अन्त्यमा आइभरी कोस्ट नौ र माली दस खेलाडीमा सीमित रहेको थियो ।

तस्बिरहरू : सीएएफ अनलाइन

दक्षिण अफ्रिका र केप भार्डेबीचको खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा रहेको थियो । त्यसपछिको पेनाल्टी सुटआउटमा दक्षिण अफ्रिकाका लागि कप्तान पनि रहेका रोनवेन विलियम्सले चार बचाउ गरे । अब सेमिफाइनलमा नाइजेरियाले दक्षिण अफ्रिका तथा आइभरी कोस्टले कंगोको सामना गर्नेछ ।

प्रकाशित : माघ २१, २०८० ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×