२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

कराँतेमा पुलिस च्याम्पियन

काठमाडौँ — तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार सम्पन्न तीन दिने प्रतियोगितामा पुलिस १० स्वर्ण, तीन रजत र तीन कांस्य पदकसहित च्याम्पियन बनेको हो ।

कराँतेमा पुलिस च्याम्पियन

सातदोबाटोस्थित कराँते हलमा भएको प्रतियोगितामा एपीएफ दोस्रो भयो । एपीएफले तीन स्वर्ण, पाँच रजत र पाँच काँस्य पदक प्राप्त गर्‍यो । च्याम्पियन बनेको पुलिसले ट्रफीसहित एक लाख र दोस्रो बनेको एपीएफले ट्रफीसहित ५० हजार रुपैयाँ प्राप्त गर्‍यो । प्रतियोगितामा वागमती प्रदेश तेस्रो भयो ।

वागमतीले दुई स्वर्ण, एक रजत र ६ कांस्य पदक आफ्नो बनाउँदै तेस्रो स्थान प्राप्त गरेको हो । १० टोलीको सहभागिता रहेको प्रतियोगितामा कुल १७ इभेन्ट्सको पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ सुदूरपश्चिम प्रदेशका कमल ओली र महिलामा एपीएफकी रमिता माझी उत्कृष्ट खेलाडी चयन भए । कमलले पुरुष ७५ केजीमुनि र रमिताले ६१ केजीमुनि स्वर्ण पदक जितेका थिए । सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफीसहित समान २५ हजार रुपैयाँ पाए ।

प्रकाशित : माघ २०, २०८० १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?