कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मुख्यमन्त्री कप : पुलिस, गण्डकी, लुम्बिनी र कर्णाली विजयी

भवानी भट्ट

कञ्चनपुर — महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष भलिबल प्रतियोगिताअन्तर्गत तेस्रो दिनको खेलमा नेपाल पुलिस क्लब, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश विजयी भएका छन् । 

मुख्यमन्त्री कप : पुलिस, गण्डकी, लुम्बिनी र कर्णाली विजयी

मंगलबार तेस्रो दिनको पहिलो खेलमा नेपाल प्रहरीले वाग्मती प्रदेशलाई ३–० ले पराजित गरेको छ । दोस्रो खेलमा गण्डकी प्रदेशले आयोजक सुदूरपश्चिमलाई ३–१ ले पराजित गरेको छ । यसैगरी लुम्बिनीले कोशीलाई ३–० ले र कर्णालीले मधेश प्रदेशलाई ३–१ ले पराजित गरेको छ ।

सुदूरपश्चिम खेलकुद विकास समितिको आयोजना र जिल्ला भलिबल संघको समन्वयमा माघ १४ देखि प्रतियोगिता सुरु भएको हो । माघ २० सम्म चल्ने प्रतियोगितामा तीन विभागीय र ७ प्रदेशका गरी १० वटा टिमको सहभागिता छ ।


प्रकाशित : माघ १६, २०८० १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×