२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

कुपण्डोल टिमले जित्यो भेट्रानको उपाधि

काठमाडौँ — कुपण्डोल ४० प्लसले प्रथम कुसुन्ती ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार फाइनलमा कुपण्डोलले फ्रिडम ‘ए’ लाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्‍यो । पेनाल्टीमा कुपण्डोलका नीलेन्द्र देवान, उज्ज्वल श्रेष्ठ र राजु तामाङले गोल गरे ।

कुपण्डोल टिमले जित्यो भेट्रानको उपाधि

फ्रिडम ‘ए’ का भगवान थापा र विकर्ण श्रेष्ठले गोल गरे भने राजनलाल नेपाली गोल गर्न असफल भए ।

जावलाखेल युथ क्लबको मैदानमा भएको फाइनलको निर्धारित ६० मिनेट समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि सोझै पेनाल्टी शुटआउटमा गएको थियो । निर्धारित समयमा कुपण्डोलबाट राजु तामाङ र म्यान अफ द म्याच नीलेन्द्र देवानले क्रमशः २२ र ५६ औं मिनेटमा गोल गरे । फ्रिडम ‘ए’ का विकर्ण श्रेष्ठले ३१ औं र राजकुमार घिसिङले ५८ औं मिनेटमा गोल गरे । कुपण्डोलले १ लाख ७५ हजार र फ्रिडम ‘ए’ ले ७५ हजार रुपैयाँ पुरस्कार पाए ।

कुसुन्ती युवा क्लब र ललितपुर महानगर वडा १३ द्वारा ललितपुर महानगरपालिको सहयोगमा आयोजित प्रतियोगितामा कुपण्डोलका राजु तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । कुपण्डोलकै सुनील महर्जन उत्कृष्ट डिफेन्डर तथा फ्रिडम ‘ए’ का मुकुन्द थापा उत्कृष्ट गोलरक्षक चुनिए । विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, टोखाका मेयर प्रकाश अधिकारी, ललितपुर महानगर १३ का अध्यक्ष गणेश केसी, कुसुन्ती युवा क्लबका अध्यक्ष नीरज खड्कालगायतले पुरस्कृत गरे ।

मेयर कप भेट्रान फुटबलका सर्वोत्कृष्ट खेलाडी राजु तामाङ ट्रफीसाथ

प्रकाशित : पुस २८, २०८० २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?