कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

त्रिभुवन आर्मीका कार्कीले जिते ऋषिङ अल्ट्रा म्याराथनको उपाधि 

सम्झना रसाइली

तनहुँ — ऋषिङ गाउँपालिकाले आयोजना गरेको तेश्रो ऋषिङ अल्ट्रा म्याराथन–२०८० को उपाधि त्रिभुवन आर्मीका गोविन्द कार्कीले जितेका छन् । ४२.२ किलोमिटर दूरीको अल्ट्रा म्याराथन २ घण्टा ५९ मिनेट ४० सेकेण्डमा पूरा गर्दै कार्कीले उपाधि जितेका हुन् ।  

त्रिभुवन आर्मीका कार्कीले जिते ऋषिङ अल्ट्रा म्याराथनको उपाधि 

ऋषिङ–५ धारुङ भञ्ज्याङदेखि ऋषिङ–३ दुबुङकोटसम्मको ४२.२ किमी दूरी ३ घण्टा ४६ सेकेन्डमा पूरा गर्दै त्रिभुवन आर्मी क्लबकै गोपाल तामाङ द्वितीय भएका छन् भने त्रिभवुन आर्मी क्लबकै तिलकबहादुर सुनुवारले उक्त दूरी ३ घण्टा ३ मिनेट १२ सेकेन्डमा पार गर्दै तृतीय भएका छन् ।

यस्तै, काठमाडौंका करण रावलले ३ घण्टा ८ मिनेट २९ सेकेन्ड, बैतडीका मोहनदेव जोशीले ३ घण्टा ९ मिनेट २१ सेकेन्ड, त्रिभुवन आर्मी क्लबका जुनेस खड्काले ३ घण्टा ९ मिनेट ३४ सेकेन्ड र एपीएफका निरोज भट्टले ३ घण्टा ५४ मिनेड ३९ सेकेन्डको टाइमिङ निकाल्दै सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रतियोगितका प्रथमलाई ६५ हजार रुपैयाँ, द्वितीयलाई ४० हजार रुपैयाँ, तृतीयलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

५७ जना धावकको सहभागिता रहेको प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्नेहरूलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । गाउँपालिकाले राष्ट्रिय एकता दिवस पुस २७ गतेका दिन अल्ट्रा म्याराथन प्रतियोगिता गर्दै आएको छ ।

गाउँपालिकाको धारुङ भञ्ज्याङदेखि सुरु भई ऋषिङ प्रवेशद्वार, रानीपोखरी, गाउँपालिका–७ को कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ (चालिसे) पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, भिरकोट अर्चल्दी, मौरीबास, दाङसिरी हुँदै दुबुङकोट भ्यू टावरसम्म म्याराथन प्रतियोगिताको रुट कायम गरिएको थियो ।

खेलमार्फत ऐतिहासिक एवं पर्यटकीय हिसाबले अत्यन्तै महत्त्वपूर्ण स्थान भएकाले पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्धेश्यसहित अल्ट्रा म्याराथन प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

प्रकाशित : पुस २७, २०८० १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×