कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

वादोरियो करातेमा वरदान र विविकालाई स्वर्ण

काठमाडौँ — वाग्मती प्रदेशका वरदान मोक्तान र मधेश प्रदेशकी विविका श्रेष्ठले चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।

वादोरियो करातेमा वरदान र विविकालाई स्वर्ण

नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४५ केजी फाइनलमा वरदानले लुम्बिनी प्रदेशका विशन थापालाई पराजित गरे । सोही तौल समूहको महिला फाइनलमा विविकाले वाग्मतीकी नेत्रकुमारी लामिछानेलाई हराइन् ।

महिला ४० केजीमा बागमतीकी सुस्मिता वाइबाले लुम्बिनीकी निमा लामा र ५० केजीमा वाग्मतीकी प्रास्ना केसीले कर्णाली प्रदेशकी सुस्मिता मगरलाई हराएर स्वर्ण जितेका थिए । एकल काताको पुरुषमा कोशी प्रदेशका इन्द्र राजवंशी र महिलामा वाग्मतीकी अप्सना मगर पहिलो भए ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । प्रधानमन्त्री दाहालले नेपाल अपार सम्भावना भएको देश रहेको बताउँदै त्यसमा खेलकुद पनि राम्रो सम्भावना बोकेको र बहुआयामिक क्षेत्र रहेको बताए ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलकुदलाई पहिलो पटक राष्ट्रिय गौरवको आयोजनाभित्र समावेश गरेकामा नेपाल सरकार र प्रधानमन्त्रीप्रति आभार प्रकट गरे । आयोजक संघका अध्यक्ष हरिशरण केसीले वादोरियो करातेको गरेको गतिविधिबारे प्रकाश पारेका थिए ।

प्रकाशित : पुस २७, २०८० २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×