२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

कुसुन्ती कप भेट्रान फुटबल हुने

काठमाडौँ — कुसुन्ती युवा क्लब र वडास्तरीय युवा क्लको ललितपुर–१३ को संयुक्त आयोजनामा प्रथम कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।

कुसुन्ती कप भेट्रान फुटबल हुने

जावलाखेल मैदानमा पुस २४ देखि २८ सम्म हुने प्रतियोगितामा कम्तीमा ३२ टिमले भाग लिने क्लबका अध्यक्ष नीरज खड्काले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराए । नकआउटका आधारमा हुने प्रतियोगिताका लागि ४० वर्षमाथि खेलाडीले मात्र भाग लिन पाउनेछन् । प्रतियोगिता विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाा पुरस्कार पाउनेछन् । विधागत उत्कृष्ट खेलाडीलाई ५ हजार र माउन्टेन फ्लाइटको टिकट प्रदान गरिने जनाएको छ ।


प्रकाशित : पुस २०, २०८० २२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?