२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७४

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता : एपीएफ र पुलिस भिड्ने

सुनसरी — विभागीय टोलीद्वय एपीएफ र नेपाल पुलिस क्लब इटहरीमा भइरहेको मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता : एपीएफ र पुलिस भिड्ने

बुधबार साँझ सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २५–१२, २५–१२, २५–१९ को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको छ ।

दोस्रो सेमिफाइनलमा पुलिसले वाग्मती प्रदेशमाथि ३–० कै सोझो सेटमा सफलता पाएको थियो । इटहरी रंगशालामा पुलिसले न्यु डायमण्ड क्लबका अधिकांश खेलाडीसम्मिलित वाग्मतीविरुद्ध २५–१९, २५–१७, २५–१९ को नतिजा निकालेको थियो । यस खेलमा प्लेयर अफ द म्याच पुलिस क्लबकी कोपिला राना भइन् । पहिलो खेलमा एपीएफलाई सहज जित दिलाएकी सरस्वती चौधरी प्लेयर अफ द म्याच भइन् । दुवैले समान २ हजार ५ सय रुपैयाँ पुरस्कार पाए ।

फाइनल बिहिबार हुनेछ । विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ जित्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५५ हजार पाउने छन् । विधा उत्कृष्टले जनही १५ हजार पाउनेछन् ।

प्रकाशित : जेष्ठ ३१, २०८० २२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?