२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

सदाचार र जवाफदेहिता कहाँ छ ?

पाठक पत्र

धेरै समयदेखि संसद्मा बोल्ने मौका मागेका गृहमन्त्री रवि लामिछानेले के–के बोल्लान् भनेर कुरेको त उही फाइल खोलिदिने धम्की मात्र सुनियो । के कुनै देशका गृहमन्त्री यति कमजोर हुन्छन्, जसले भ्रष्टाचारको फाइल खोल्न भ्रष्टाचारीकै स्वीकृति माग्छ ?

रविजी, जीबी राईले गरेको गल्तीको जिम्मेवारी तपाईंले नलिनुस् ठीक छ तर जीबी राई पक्राउ गरेर पीडितलाई न्याय दिने जिम्मा गृहमन्त्रीको हो कि होइन ? हरेक कुरामा थाहा छैन भन्ने कस्तो जवाफदेहिता हो तपाईंको ?

कांग्रेस महामन्त्री गगन थापालाई प्रश्न– अहिले गृहमन्त्रीमाथि सहकारीको रकम अपचलन गरेको आरोप छ र तपाईं यति निर्मम भएर लाग्नुभएको छ । के तपाईं आफ्नै पार्टीभित्रका नेतृत्वका मुद्दामा पनि त्यति नै अडिग र निर्मम हुन सक्नुहुन्छ ?

सत्ताको समीकरण मिल्दा तैं चुप मैं चुप, सत्ताको समीकरण नमिले पख तेरो फाइल खोलिदिन्छु भन्ने यस्तो राजनीतिक संस्कार कहिले सुध्रन्छ ? तपाईंहरूप्रति मेरो जुन सम्मान र आशा थियो, त्यो शून्यमा झरिसक्यो ।

कृपया सक्नुहुन्छ भने राजनीतिमा सदाचार र जवाफदेहिता छ भन्ने उदाहरण बनिदिनुस् नत्र दुवै जनाले यस्तो आरोप प्रत्यारोपको राजनीतिबाट संन्यास लिनुस् ।
– कृष्णप्रसाद शर्मार्, नयाँ बानेश्वर, काठमाडौं

प्रकाशित : जेष्ठ ८, २०८१ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?