२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

समस्या पहिचानको खाँचो

पाठक पत्र

रवि लामिछाने प्रमाण छैन भन्छन् । कान्तिपुर छापेको छापै छ । लामिछाने फाइल खोलौं भनेर धम्की मात्र दिन्छन्, खोल्दैनन् । सर्वसाधारण फाइल खुलुन् र दोषी कारबाहीमा परुन् भन्ने ठान्छन् ।

कान्तिपुरले हरेक दिनजसो विभिन्न क्षेत्रमा भएका बेथितिका समाचार छापिरहेको देखिन्छ, सरोकारवालाहरू कानमा तेल हालेर बसेको देखिन्छ । कान्तिपुरलाई मात्रै सरकारी निकायले पछ्याएर अघि बढ्ने हो भने पनि देशका धेरै किसिमका समस्या हल हुन्थ्यो कि ! समस्या एकातिर छ, सरकार, सबै राजनीतिक दल र हामी अर्कातिर कुदिरहेका छौं । वास्तविक समस्याको पहिचान गर्न नसक्नु हाम्रो सबैभन्दा ठूलो समस्या हो ।
– रामकृष्ण पराजुली, सिन्धुपाल्चोक

प्रकाशित : जेष्ठ ८, २०८१ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x