कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

पालिका अध्यक्षले कागज गरी जमानत बसेपछि मात्र अस्पतालले दियो शव

राजविराज — उपचारमा लागेको खर्चको बक्यौता जेठ १८ गतेभित्र दिने भन्दै पालिका अध्यक्षले कागज गर्दै चेक दिएपछि मात्र अस्पतालले ५ दिनपछि शव दिएको छ । विराटनगरस्थित विराट नर्सिङ होमले गत जेठ ३ गते मृत्यु भएकी सप्तरीको बलानबिहुल गाउँपालिका–२ का उमेश रामकी श्रीमती ४२ वर्षीया श्यामाकुमारी रामको शव मंगलबार बिहान परिवारलाई दिएको हो । 

गत चैत ५ गते सप्तरीको बोदेवरसाइन बजारबाट सिटी रिक्सामा घर फर्किं‌दै गरेकी श्यामाकुमारीलाई स १ त ३२८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु भएको थियो ।

विराट नर्सिङ होमले उपचारमा लागेको खर्च तिरेपछि मात्र शव दिने बताएपछि मृतकका परिवारले रकम बुझाउन नसक्दा पाँच दिनदेखि शव अस्पतालमै थियो । बलानबिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवसहितको टोली सोमबार साँझ विराट नर्सिङ होम पुगेका थिए । बक्यौता पैसा नबुझाएसम्म शव नदिने अस्पताल प्रसासनको भनाइपछि पालिका अध्यक्ष यादवसहितको समूह शव माग्दै केही बेर नर्सिङ होम अगाडि धर्नामा बसेका थिए ।

मंगलबार बिहान पालिका अध्यक्ष यादवले कागज गर्दे जेठ १८ गतेभित्र बक्यौता तिर्ने गरी चेक दिएको र अस्पतालले शव दिएको हो । उपचारबापतको कुल साढे १२ लाख रुपैयाँमध्ये मृतक परिवारले ५ लाख २४ हजार बुझाइसकेका छन् । त्यसमध्ये अस्पतालले ३ लाख ७६ हजार छुट दिएको छ । बाँकी ३ लाख ५० हजारको चेक जेठ १८ गते भुक्तानी हुने गरी पालिका अध्यक्ष खेमचन्द्र यादवले जमानी कागज गरेपछि मंगलबार बिहान श्यामाकुमारीको शव दिइएको हो ।

प्रकाशित : जेष्ठ ८, २०८१ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x