कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

प्रभात र मिस्टी उत्कृष्ट खेलाडी

काठमाडौँ — दसौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालका खेलाडी प्रभात रोकामगर र मिस्टी श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका छन् । दशरथ रंगशालामा भएको प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका र बंगलादेश खेलाडीले भाग लिएका थिए ।

प्रभात र मिस्टी उत्कृष्ट खेलाडी

प्रतियोगितामा नेपालको तर्फबाट धेरै पदक जितेको बौद्ध डोजो टिम च्याम्पियन भयो । भारतीय टिम दोस्रो र श्रीलंकन टिम तेस्रो भए । प्रतिस्पर्धा खेलाडीमा बढी अंक पाएको आधारमा प्रभात र मिस्टी उत्कृष्ट चुनिएका हुन् ।

नेपालको वागमती प्रदेश रसुवा र नुवाकोट जिल्ला कराते टिमले क्रमशः उत्कृष्ट अनुशासन र फेयर प्ले टिमको अवार्ड पाए भने आयोजक नक्साल डोजोले वेस्ट मार्चपास ट्रफी जित्यो । वाग्मती प्रदेशको सानो गौचरण डोजोले उदीयमान टिम ट्रफी जित्यो । दुबई बुदोकान कप अन्तर्राष्ट्रिय करातेमा स्वर्ण पदक जितेका बुद्धिमान माझी, कुशल खत्री, दिव्य शाह, स्वर्णिमासिंह ठकुरी र कांस्य विजेता प्रास्ना ढकाललाई सम्मान गरिएको थियो ।

कराते क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने नेपाल कराते महासंघका सदस्य रामबहादुर सिंह ठकुरी, सल्लाहकार निवासगोपाल वैद्य र कराते वरिष्ठ प्रशिक्षक आरबी गुरुङलाई सम्मान प्रदान गरिएको थियो । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङले पुरस्कार प्रदान गरे ।

प्रकाशित : जेष्ठ ८, २०८१ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×