कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

एटीएफ यू-१२ टिम टेनिस

काठमाडौँ — सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सोमबार एटीएफ यू–१२ टिम प्रतियोगिताको दक्षिण एसियाली क्षेत्रीय छनोट सुरु भएको छ ।

एटीएफ यू-१२ टिम टेनिस

नेपालको ब्वाइज/गर्ल्स दुवै टोली पराजित भएको छ । ब्वाइजमा श्रीलंकाले नेपाललाई ३–० ले हरायो । ब्वाइजमै बंगलादेशले माल्दिभ्स र पाकिस्तानले भुटानलाई समान ३–० ले हराए ।

गर्ल्समा बंगलादेशले नेपाललाई २–० र श्रीलंकाले माल्दिभ्सलाई ३–० गेमले हरायो । ब्वाइजमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मालदिभ्स, पाकिस्तान र भुटान गरी ७ राष्ट्र सहभागी छन् । गर्ल्समा पाकिस्तान र भुटानबाहेक ५ राष्ट्रको सहभागिता छ ।

नेपालबाट ब्वाइजमा निश्चल ज्ञवाली, विश्वविशेष डल्लाकोटी र शहनवाज आलम छन् । गर्ल्समा अनुश्री धोजु, सारा पन्त र आयुशा जिसी प्रतिस्पर्धी छन् । नेपालमा यो प्रतियोगिता चौथो पटक आयोजना गरिएको प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।

ब्वाइज/गर्ल्समा फाइनल पुग्ने राष्ट्र काजकिस्तानमा सेप्टेम्बरमा हुने एटीएफ यू–१२ टिम प्रतियोगितामा छनोट हुनेछ । आयोजक नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले आईटीएफका प्रवीणकुमार नायकलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरिन् ।

प्रकाशित : जेष्ठ ८, २०८१ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x