कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

प्रशिक्षक अल्मुताइरीको त्यो ‘सेलिब्रेसन’

हिमेश

माले, माल्दिभ्स — नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी प्राय: चर्चामा रहिरहन्छन् । साफ च्याम्पियनसिप २०२१ मा नेपालले श्रीलंकालाई सोमबार राति ३–२ ले हराउँदा उनको गोल ‘सेलिब्रेसन’ अहिले खुबै चर्चाको विषय बनेको छ ।

प्रशिक्षक अल्मुताइरीको त्यो ‘सेलिब्रेसन’

त्यस खेलमा नेपालका लागि पहिलो गोल सुमन लामाले गरेका थिए र त्यसपछि अल्मुताइरीले दिल खोलेर ‘सेलिब्रेसन’ गरे ।

अहिले त्यही ‘सेलिब्रेसन’ को भिडियो क्लिप सामाजिक भाइरल भइरहेको छ । खासमा यी कुवेती प्रशिक्षक आफ्ना गोल ‘सेलिब्रेसन’ का लागि अहिले मात्र होइन्, यसअघि पनि चर्चामा आइसके । यसपल्ट भने विशेष रह्यो । नेपालले श्रीलंकाविरुद्ध उनको नेतृत्वमा खेलेको आठौँ खेल मात्र थियो र यसबीच नेपालले १० गोल गरिसकेको छ । खेलको नवौँ मिनेटमा प्रशिक्षक अल्मुताइरीलाई पहेँलो कार्ड देखाइएको थियो ।

श्रीलंकालाई हराएसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो

यी सबै दसै गोलमा उनको ‘सेलिब्रेसन’ फरक-फरक जस्तै रह्यो, तर विशेष पनि रह्यो । जस्तो, नेपालले अहिलेको साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई एकै गोलले पराजित गर्दा पनि उनको खुसीयाली मनाउने तरिका फरक रह्यो । त्यसमा गोल गर्ने खेलाडी मनीष डाँगी थिए र उनी गोलपछि सबैलाई छल्दै छल्दै प्रशिक्षकसम्म आइपुगे ।

प्रशिक्षक अल्मुताइरी मनीषलाई नै पर्खिरहेका थिए र दुवै अँगालोमा बेरिए, अनि मैदानमै लडे । अल्मुताइरीको नेपालका लागि पहिलो खेल इराकविरुद्धको अन्तर्राष्ट्रिय फ्रेन्डली थियो र त्यसमा मनीषले एक गोल गरेका थिए । त्यति बेला पनि अल्मुताइरीको खुसीको सीमा थिएन् । खासमा अल्मुताइरीको प्रत्येक प्रतिक्रिया आक्रामक हुने गर्छन् ।

चाहे त्यो खुसीयाली होस अथवा विरोध र आक्रोश पोख्ने अवसर । प्रत्येक गोलपछि उनी आफ्ना दुई सहयोगीसँग पनि खुसीयाली मनाइरहेका देखिन्छन्, सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलरक्षक प्रशिक्षक विकाश मल्लसँग । अनि आफ्नै खेलाडीलाई उत्प्रेरित रहन पनि उनी गोलमा उनको ‘सेलिब्रेसन’ विशेष हुने गर्छ ।

प्रकाशित : आश्विन १९, २०७८ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?