कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

झापा ‘बी’ डिभिजनमा

१२ चरण समाप्तिमा १० जित, १ बराबरी र १ हारसहित शीर्षस्थानमा झापा

काठमाडौँ — झापा फुटबल क्लब सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सोमबार वीरगन्ज युथ एकेडेमीलाई ५–० ले हराएर ‘बी’ डिभिजनमा उक्लिएको छ । वीरगन्ज भने नवौं हारसँगै रेलिगेसनमा परेको छ ।

झापा ‘बी’ डिभिजनमा

सी डिभिजन लिग डेब्युमा गत वर्ष बढुवा नजिक पुगेर पनि अड्किएको झापाले यसपालि एक खेल बाँकी छँदै दोस्रो श्रेणीको यात्रा तय गरेको हो । प्रशिक्षक अंकुरकुमार खड्गीले सम्हालेको झापा १२ औं चरण समाप्तिमा १० जित, १ बराबरी र १ हार नतिजासहित ३१ अंक जोडेर शीर्षस्थानमा छ । ‘सी’ डिभिजन लिगका शीर्ष दुई टिम ‘बी’ श्रेणीमा उक्लिने प्रावधान छ । बढुवाको होडमा रहेका प्लानिङ ब्वाइज युनाइटेड र आरसी ३२ फुटबल एकेडेमी (सुर्खेत) ले समान २८ अंक जोडेका छन् ।

झापाले अन्तिम खेलमा स्वयम्भूविरुद्ध हार बेहोरे पनि त्यसले उसको ‘बी’ डिभिजन यात्रालाई रोक्ने छैन । किनभने अन्तिम चरणमा प्लानिङ ब्वाइजले ओएसिस र आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई पराजित गर्दै अंक बराबरी गरे पनि झापा ‘हेड टु हेड’ बाट शीर्ष दुईमा रहने पक्का छ । झापाले प्लानिङ ब्वाइज र आरसी ३२ विरुद्ध बराबरी खेलेको थियो भने प्लानिङ ब्वाइजले आरसी ३२ लाई पारजित गरेको थियो । त्यसैले यी तीन टिमबीचको प्रतिस्पर्धाका आधारमा हेड टु हेडमा झापा शीर्ष दुईमै रहनेछ ।

मोफसलका ५ र काठमाडौं उपत्यकाका ९ गरी १४ टिम सहभागी ‘सी’ डिभिजन लिगबाट पुछारका दुई क्लब रेलिगेसनमा पर्नेछन् । वीरगन्ज युथ एकेडेमी (५ अंक) र ओएसिस (४ अंक) ले लिगको हैसियत गुमाउने पक्का भएको छ । अन्तिम चरणमा जित हात पारे पनि यी दुई क्लबले स्वयम्भू (११ खेलमा ९ अंक) लाई उछिन्ने छैन ।

वीरगन्जविरुद्ध झापाको जितमा पूजन राई एक्लैले चार गोल गरे । उनले १३, ६५, ७४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए भने व्यक्तिगत चौथो गोल इन्ज्युरी समयमा गरेका थिए । इन्ज्युरी समयमा सन्तोष लावतीले पनि गोल गर्न भ्याए । सोमबारै अर्को खेलमा प्लानिङ ब्वाइजले समाज कल्याण खेलकुद केन्द्रमाथि ४–० को जित रच्यो । त्यसमा फागुराम थारू, प्रतापसिंह राई, विपिन पराजुली र अर्जुनकुमार रानाले गोल गरे ।

प्रकाशित : जेष्ठ १७, २०७९ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?