कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

स्पेनमा हुने भनिएको ट्राई–सिरिज स्थगित

काठमाडौँ — कोरोनाको प्रभावले जुलाईमा स्पेनमा हुने भनिएको ट्राई–सिरिज एक वर्षसम्मका लागि स्थगित भएको छ ।

स्पेनमा हुने भनिएको ट्राई–सिरिज स्थगित

आईसीसी सीडब्लुसी लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड बीचको एक दिवसीय सिरिज कोभिड–१९ को प्रभावका कारण जुलाई २०२२ सम्मको लागि स्थगित गरिएको क्रिकेट एसोसिएसनका सचिव अशोकनाथ प्याकुर्‍यालले जनाएका छन् ।

स्कल्यान्ड, नामिबिया र नेपालबीच हुने त्रिकोणात्मक एक दिवसीय श्रृखंलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा मंगलबारबाट अभ्यास समेत सुरु गरेको थियो ।

प्रकाशित : असार १०, २०७८ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?