ट्राई–सिरिजको अभ्यास सुरु

काठमाडौँ — स्कल्यान्ड, नामिबिया र नेपालबीच हुने त्रिकोणात्मक एक दिवसीय श्रृखंलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबारबाट अभ्यास सुरु गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपाली टिमले स्पेन भ्रमण सफल बनाउन प्रशिक्षण सुरु गरेको हो । एक साताअघि मात्र नेपाल फर्किएका प्रशिक्षक डेभ ह्वाटमोरले नेपाल क्रिकेट संघले छानेको खेलाडीलाई समावेश गरेर तयारी सुरु गरेका हुन् ।

ट्राई–सिरिजको अभ्यास सुरु

स्पेनमा जुलाई २० देखि ३० तारिखसम्म हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय श्रृखंलाका लागि नेपाली टोलीले अभ्यास सुरु गरेको हो ।


जुलाई अन्तिम साता हुने श्रृखंलमा सहभागी हुने खेलाडी र अफिसियलको सोमबार कोरोना परीक्षण नेगेटिभ आएसँगै श्रृखंलाको तयारी सुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिलो दिन यसअघि नेपाल क्रिकेट संघले जारी गरेका २० खेलाडी मध्येबाट १९ खेलाडीले अभ्यसा गरे । पृथु बाँस्कोटा प्रशिक्षणमा सहभागी थिएनन् । व्यक्तिगत कारण देखाएर बाँस्कोटाले बन्द प्रशिक्षणमा सहभागी हुन नसक्ने बताएका थिए । कोरोना महामारीपछि अन्तर्राष्ट्रिय भ्रमण गर्ने लक्ष्यमा रहेको टोलीलाई अहिले मौसम प्रतिकूल भएको छ । धेरै समयपछि एक दिवसीय खेल खेल्नका लागि फिल्डमा गर्ने काम मौसमका कारण समयमा नै हुन नसकेको भन्दै कप्तान ज्ञानेन्द्र मल्लले बलिया राष्ट्रहरुसँग हुने प्रतिस्पर्धाका लागि मेहनत गर्नुपर्ने बताए ।


कप्तान मल्लले भने जस्तै स्पेनमा हुने एक दिवसीय श्रृखंलाका लागि मौसम प्रतिकूल भएको भन्दा प्रशिक्षक ह्वाटमोरले मौसम अनुसारको तयारी गर्नुेपर्ने औंल्याए । प्रशिक्षक ह्वाटमोरले पहिलो पटक टोली सम्हाल्दा ट्वान्टी–२० खेलमा नेपालले नेदरल्यान्ड्स र मलेसियासँगको श्रृखंलामा उपाधि हात पारेको थियो । स्पेनमा हुने श्रृखंला भिन्न संरचनाको हुने भएकोले फरक रणनीति अनुसार अभ्यास गर्नुपर्ने बताए ।


लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज कोरोनाका कारण यस अघि नै स्थगित भएको थियो । पछिल्लो समय आईसीसीले परिमार्जन गरेको विश्वकप सहभागिता नयाँ ढाँचा अनुसार नेपालको बलियो सम्भावना रहेको भन्दै कप्तान ज्ञानेन्द्र मल्लले दीर्घकालीन योजना बनाएर कार्यान्वयन गरे नेपाल माथि उक्लने सम्भावना रहेको बताए ।

स्कटल्यान्डमा तय भएको खेलहरु विशेषकारण स्पेनको डेजर्ट स्प्रिङ्स क्रिकेट मैदानमा हुँदैछ । आईसीसीले एकदिवसीय मान्यता दिएपछि यो मैदानमा पहिलो पटक सिरिज हुन लागेको हो । सन् २०२३ को विश्वकप छनोटका आधार रहेको लिग–२ प्रतियोगिताको शीर्ष तीनमा अटाउन सकेको खण्डमा नेपालले ग्लोबल छनोट खेल्ने मौका पाउनेछ ।

प्रकाशित : असार ८, २०७८ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?