कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

जयपृथ्वी राजमार्ग तीन ठाउँमा अवरुद्ध 

काठमाडौँ — विभिन्न ठाउँमा पहिरो खसेका कारण जयपृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । मंगलबार रातिको वर्षाका कारण राजमार्गको तीन स्थानमा पहिरो खसेको हो । पहिरो सँगै राजमार्गमा ठूला ठूला ढुंगा खसेका कारण सुचारु गर्न समस्या भइरहेको छ । 

जयपृथ्वी राजमार्ग तीन ठाउँमा अवरुद्ध 

पहिरो खस्दा बझाङको वित्थडचिरमा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । वित्थडचिर गाउँपालिका–४ बल्लेखोलामा मंगलबार पनि पहिरो खस्दा दिनभर यातायात अवरुद्ध भएको थियो । यस्तै छविस पाथीभेरा गाउापालिका–१ मा पर्ने जालेबगर र जयपृथ्वी नगरपालिका –७ को तमैल नजिक माल्लाभिरमा पनि पहिरोले सडक अवरुद्ध गरेको छ ।

सडक अवरुद्ध हुँदा जिल्ला बाहिर जाने यात्रुवाहक गाडी र बाहिरी जिल्लाबाट भित्रिने सबै गाडी र यात्रु अलपत्र परेका छन् । राजमार्ग सुचारु गर्ने प्रयास भइरहेको भए पनि ठूला ढुंगा हटाउन समस्या भइरहेको छ । वित्थडमा अवरुद्ध भएको सडक केहीबेरमै सुचारु हुने र तमैलमा रहेका ढुंगा हटाउनका लागि ठूलो स्काभेटरले प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले बताएका छन् ।

प्रकाशित : श्रावण ९, २०८१ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×