कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पिकनिक खान गएका एक जनाको तालमा डुबेर मृत्यु

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ मा पर्ने बतासे झर्नाको तालमा डुबेर एक जनाको मृत्यु भएको छ ।

पिकनिक खान गएका एक जनाको तालमा डुबेर मृत्यु

मंगलबार पिकनिक खान गएका शुक्लाफाँटा ८ फुलेलीका २० वर्षीय सरोज टमटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीका अनुसार मंगलबार पिकनिक खान गएका बेला तालमा हाम फालेर बेपत्ता भएका टमटाको बुधबार शव भेटिएको हो । बतासे झर्ना चुरेको वन क्षेत्रमा पर्दछ ।


प्रकाशित : जेष्ठ १६, २०८१ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×