कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

महाकालीमा बेपत्ता किशोरको शव भेटियो

भवानी भट्ट

कञ्चनपुर — महाकाली नदीमा पौडी खेल्दा बेपत्ता भएका किशोरको शव भेटिएको छ ।

महाकालीमा बेपत्ता किशोरको शव भेटियो

दोधारा चाँदनी नगरपालिका-९ का १७ वर्षीय विष्णु सुनारको सोही नगरपालिकाको वडा नं. १० कुतियाकवर नजिकै नदी किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले बताए ।

डिएसपी जोशीका अनुसार बेपत्ता भएको स्थानबाट साढे तीन किलोमिटर तल नदी किनारमा शव भेटिएको हो । शनिवार साँझ दोधारा चाँदनी नगरपालिका-९ ढकनाघाट नजिकै महाकालीमा पौडी खेल्ने क्रममा सुनार बेपत्ता भएका थिए ।

उनको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोली समेत परिचालन गरिएको थियो । यसका साथै स्थानीय र प्रहरीको टोली समेत खोजीमा जुटेको थियो ।

प्रकाशित : जेष्ठ ७, २०८१ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×