कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

अढाई किलाे चरेससहित दुई जना पक्राउ

दार्चुला — महाकाली नगरपालिका-१ श्रीबगरबाट अढाई किलाे बढी चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । ब्यास गाउँपालिकाकाे सुन्सेराबाट सदरमुकाम खलंगा आईरहेकाे ट्र्याक्टरलाई चेकजाँच गर्दा चरेस फेलापरेकाे प्रहरीले जनाएकाे छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार साेमबार साँझतिर सुन्सेराबाट खलंगा आईरहेकाे सुपप्र ०२००१ त १३१० नम्बरको ट्र्याक्टरबाट दुई किलाे सात सय ग्राम चरेस बरामद भएको हो । उक्त ट्र्याक्टरका चालक र सवार एक जनालाई पनि नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

उनका अनुसार ट्र्याक्टर चालक कृष्णपुर नगरपालिका-३ कंन्चनपुर बस्ने वर्ष २७ का हर्कलाल राना र व्याँस गाउँपालिका- ४ सुन्सेरा बस्ने जयलाल सिह कुँवरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रहरीले गोप्य सुचनाको आधारमा चरेस बरामद गरेको जनाएको छ ।

प्रकाशित : चैत्र १९, २०८० २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×