कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

एमाले कैलाली अधिवेशन : छैटौं दिनमा मतदान

अर्जुन शाह

धनगढी — नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनमा पाँच दिनसम्म सहमति जुट्न नसकेपछि अन्ततः छैटौं दिन शुक्रबार मतदान भएको छ । 

एमाले कैलाली अधिवेशन : छैटौं दिनमा मतदान

अधिवेशनलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाइएको भन्दै प्रतिनिधिहरुले बिहीबार नाराबाजी गर्दै विरोध गरेका थिए । शुक्रबार मध्याह्नदेखि सुरु भएको मतदान अहिले पनि चलिरहेको छ । अध्यक्ष पदमा दुर्गाप्रसाद जोशी, डेजी पाण्डे र यज्ञ ढुंगाना प्यानलसहित उम्मेदवार छन् । सचिव पदमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरी उम्मेदवार भएका छन् । सचिव पदका उम्मेदवार चन्द ढुंगाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव उम्मेदवार हुन् ।

उपाध्यक्ष पदमा ६ जनाले उम्मेदवार रहेका छन् । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी, लोकेन्द्र शाही रहेका छन् । उपसचिवमा राजु गुरुङ, चूडामणि भट्ट, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट, भुवन रिजालको उम्मेदवार छ । महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका बिष्ट मल्ल, गंगाकुमारी चौधरी र शान्तिदेवी सिंह रहेका उम्मेदवार बनेका छन् ।

एक सय ५२ सदस्यीय जिल्ला कमिटी चयन गर्न कैलालीमा १३ वटा स्थानीय तहबाट पाँच सय ९१ जना प्रतिनिधि रहेका छन् ।

प्रकाशित : फाल्गुन ११, २०८० १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×