कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

सुर्खेतमा जिप दुर्घटना : ४ जनाको मृत्यु, २ घाइते 

सुर्खेत, कालीकोट — सुर्खेतबाट कालीकोट जाँदै गरेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-१३ को रातानाङ्लानजिकै टाकुरीमोडमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक पूर्ण केसीले बताए ।

सुर्खेतमा जिप दुर्घटना : ४ जनाको मृत्यु, २ घाइते 

उनका अनुसार बिहीबार बिहान २ बजेतिर भे १ च २५६० नम्बरको जिप दुर्घटनामा परेको हो । मृतकमध्ये तीन जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा कालीकोटको शुभकालिका गाउँपालिका-३ का नमराज विक, तन्त विका र उनका छोरा वीरेन्द्र विक छन् ।

दुर्घटनामा घाइते भएका चालक कालीकोट खाँडाचक्र-९ का २५ वर्षीय नरेन्द्र विष्ट र शुभकालिका-३ भर्ताका ३८ वर्षीय नरी कामीको सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ६ जना सवार जिप सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।


प्रकाशित : जेष्ठ १७, २०८१ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×