कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

मुसीकोटमा कृषि, पर्यटन, व्यापार महोत्सव सुरु

महेश केसी

रूकुम पश्चिम — रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगामा रुकुम कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । 

मुसीकोटमा कृषि, पर्यटन, व्यापार महोत्सव सुरु

कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जामन्त्री उर्मिला विश्वकर्माले शुक्बार महोत्सव उद्घाटन गरिन् । रूकुम उद्योग वाणिज्य संघ रूकुम पश्चिमको आयोजना तथा कला, संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चको सहआयोजनामा यही फागुन २८ गतेसम्म सञ्चालन हुने महोत्सवबाट रुकुम पश्चिम र आसपासमा रहेका कृषि, जडीबुटी, पर्यटन, उर्जा, संस्कृति तथा सांस्कृतिक वस्तुहरूको प्रदर्शन गरी प्रचारप्रसार गर्ने लक्ष्य राखिएको छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष पहलबहादुर खड्काका अनुसार स्थानीय उत्पादनको पहिचान गरी बजार विस्तारको अभियान सुरु गर्ने र जिल्लाको लगानीको क्षेत्र र लगानीकर्ताहरूको पहिचान गरी रुकुम पश्चिम लगानी सम्मेलन वा सोही प्रकृतिका कार्यक्रमहरू आयोजना गर्ने पनि भनिएको छ ।

महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनुका साथै स्थानीय उत्पादनसमेत राखिने सहआयोजक कला, संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले बताए । महोत्सवमा विभिन्न व्यापारिक स्टल रहने छन् भने जिल्लाका अर्ग्यानिक उत्पादनहरू पनि पाइने पनि परियारको भनाइ छ ।

प्रकाशित : फाल्गुन १८, २०८० १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×