कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमपातले कर्णालीमा हवाई सेवा प्रभावित

मुगु, सुर्खेत — कणाली उच्च हिमाली भेगमा बिहीबार दिउँसोदेखि हिमपात भएको छ ।

हिमपातले कर्णालीमा हवाई सेवा प्रभावित

कर्णालीको मुगु, हुम्ला, डोल्पा, जुम्लाको उच्च हिमली बस्तीमा हिमपात भएको छ । सिमकोटमा बाक्लो हिउ परेपछि चिसोले जनजीवन प्रभावित बनेको छ । धावनमार्गमा हिउँ जमेपछि हवाई सेवा अवरुद्ध हुँदा नेपालगञ्ज, सुर्खेत ओर्लिने यात्रुहरु विमानस्थलमै अलपत्र परेका छ ।

हिमपात र वर्षाका कारण मुगु र डोल्पाको हवाई सेवा प्रभावित बनेको छ । उच्च हिमली क्षेत्रमा हिमपात र बेँसीतिर निरन्तर वर्षाले हवाई सेवादेखि सडकमार्ग अवरुद्ध भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । कर्णालीको उच्च हिमाली भेगमा हिमपात भएपछि चिसोले जनजीवन निकै प्रभावित बनेको उनको भनाई छ । कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा यो वर्षकै पहिलो हिमपात भएपछि घुम्न आएका पर्यटकहरु हिउँ खेल्न पाउँदा उत्साहित भएका रारा मुगु गाउँका बिर्ख रोकायाले सुनाए ।

स्थानीय कर्मचारी सर्वसाधारण बजार क्षेत्रमा आगो बालेर बस्न बाध्य भएका छन् । कर्णालीको दैलेख कालिकोट क्षेत्रमा पनि दुई दिनदेखि झरी परेको छ । झरी परेपछि अत्याधिक चिसो बढेको दैलेखका जीवन आर्चायले कान्तिपुरलाई बताए ।

प्रकाशित : मंसिर १७, २०७८ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?