कर्णालीका ‘आइसोलेसन अस्पताल’ले पाएनन् बजेट, कोषमै थन्‍कियो १ करोड

ज्योति कटुवाल, एलपी देवकोटा, हरि गौतम

सुर्खेत — कर्णालीका तीन अस्पताललाई आइसोलेसन अस्पताल बनाउने प्रदेश सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ । प्रदेश सरकारले चैत १३ गते प्रदेश अस्पतालसहित जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुम पश्चिमको चौरजहारी अस्पताललाई आइसोलेसन अस्पताल बनाउने निर्णय गरेको थियो । अस्पतालहरुले अहिलेसम्म बजेटसमेत पाएका छैनन् ।

प्रदेश सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १ करोड रुपैयाँ दिने निर्णय गरे पनि उक्त रकम जिल्ला विपद् व्यवस्थापन कोषमा थन्‍किएको छ ।


प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार शिक्षण अस्पतालमा अहिले पनि १ सय २० शøयाको आइसोलेसन वार्ड तयारी अवस्थामा छ । ‘प्रदेश सरकारले दिएको रकम लत्ताकपडा र खाद्यान्नवाहेक अन्यमा खर्च गर्न नपाइने भएपछि आइसोलेसन सेन्टर विस्तारमा समस्या भएको छ,’ उनले भने, ‘आवश्यक्ता भएको शीर्षकमा रकम नआउ“दा अलमल भयो ।’


अस्पतालमा ‘वीएसएल–२’ ल्याब यसअघि नै सञ्चालनमा छ । रजिष्ट्रार काफ्लेले कोरोना भाइरस परीक्षणका लागि ‘टीसीआर’ मेसिनको मात्रै अभाव भएको बताए । प्रदेश सरकारको रकमबाट अस्पतालमा भेन्टिलेटर थप गर्ने योजना प्रतिष्ठानको छ । अहिले अस्पतालमा ५ वटा भेन्टिलेटर चालु अवस्थामा छन् ।


उधारोमा अस्पताल


चौरजहारी अस्पतालमा आइसोलेसन केन्द्र बनाउन भन्दै प्रदेश सरकारले ५० लाख रुपैया“ विनियोजन गरेको छ । तर, बजेट नआउ“दा अस्पताल व्यवस्थापनमा समस्या भइरहेको छ ।

अस्पतालले उधारोमा सामग्री मगाएर कोरोना उपचार अस्पताल निर्माण गरिसकेको छ ।


अस्पतालका प्रशासक डीलबहादुर गिरीले २ नम्बर वडाको शीतल माध्यमिक विद्यालयमा २० र अस्पतालभित्र ४ गरी २४ शøयाको आइसोलेसन वार्ड निर्माण भइसकेको बताए । उनका अनुसार झण्डै १० लाख रुपैया“को सामग्री खरिद गरिए पनि बजेट नआउ“दा समस्या भएको छ । ‘बिरामी आएपछि भर्ना गर्न सक्नेगरी तयारी पूरा गरिसकेका छौं,’ उनले भने, ‘तर, प्रदेश सरकारले रकम नपठाउ“दा थप व्यवस्थापनमा समस्या हुने देखियो ।’ जटिल अवस्थाका बिरामीलाई अस्पतालभित्रका बेड र सामान्य हि“डडुल गर्न सक्ने बिरामीलाई विद्यालयमा बनाइएको अस्पतालमा राख्ने तयारी भइरहेको गिरीले जानकारी दिए ।


प्रदेश सरकाले भने बल्ल बैठकको तयारी गरेको छ । बैठकका लागि आइतबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र आइसोलेसन केन्द्रकी अध्यक्ष तोकिएकी भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी चौरजहारी पुग्दैछन् । बनेको आइसोलेसनको अवस्था अवलोकन र आवश्यक छलफल र तयारीका लागि वैठक बस्ने मन्त्री केसीले बताइन् । ‘प्रदेश सरकारले वेवास्ता गरेको होइन,’ उनले भनिन््, ‘वैठकको निर्णयअनुसार थप व्यवस्था मिलाइनेछ ।’


सुर्खेतमा प्रक्रिया सुरु


वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालले आइसोलेसनका लागि चाहिने थप उपकरण खरिद गर्न लागिएको जनाएको छ । केन्द्र र प्रदेश सरकारको सहयोगमा भेन्टिलेटर र आइसीयू बेड किन्नको लागि टेन्डर प्रक्रिया सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले बताए । लकडाउनका कारण समयमै आवश्यक उपकरण ल्याउन समस्या भएको उनको भनाइ छ । अस्पतालले करिब ५० लाख रुपैया“को सामान खरिद गरिसकिएको जनाएको छ ।


संघीय र प्रदेश सरकारले अस्पतालका लागि २ करोड ६२ लाख रुपैया“ विनियोजन गरेको डा. खड्काले जानकारी दिए । अहिले प्रदेश अस्पतालमा २ भेन्टिलेटरसहित ४ शøयाको आइसीयू छ । अस्पतालले ४ भेन्टिलेटरसहित १० आइसीयू बेड थप्ने तयारी गरेको हो । यसअघि चीनबाट ल्याइएको पीपीइ सेट पूरा नहु“दा प्रयोगविहीन भएको स्वास्थ्यकर्मीको गुनासो छ । प्रदेश अस्पतालमा गरिएका २३ स्वाब परीक्षणमा सबैको रिपोर्ट ‘नेगेटिभ’ देखिएको डा. खड्काले जनाए । प्रकाशित : चैत्र २३, २०७६ १०:०९

प्रतिक्रिया
पठाउनुहोस्

खाद्यान्न र तरकारी पसल दिनमा तीन घन्टा मात्र

नवीन पौडेल

परासी — लकडाउनको समयमा पनि भीडभाड नघटेपछि जिल्ला सुरक्षा समिति पश्चिम नवलपरासीले थप कडाइ गरेको छ । भारतसँग सीमाना जोडिएको पश्चिम नवलपरासी कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले सुरक्षा समितिले व्यक्तिहरुको आवतजावत र पसल खोल्ने समय तोकेको छ ।

यअसघि चौबिसै घन्टा खाद्यान्न र तरकारी पसल खोल्न दिइएको थियो । अब भने समय सीमा तोकिएको छ । पहिलो चरणमा परासी सदरमुकाम क्षेत्रका खाद्यान्न र तरकारी पसल खोल्ने समय दिउँसो ११ बजेदेखि २ बजेसम्म तोकिएको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलरासीका सूचना अधिकारी सागर केसीले बताए । औषधि पसलहरु भने चौबिसै घन्टा खुल्ने छन् । अन्य सबै पसल बन्द हुने छन् ।

तरकारी र खाद्यान्न खरिद गर्ने बहानामा साँझपख भीडभाड बढेपछि त्यसलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको हो।

यसअघि विभिन्न बहाना बनाएर बजार क्षेत्रमा निस्कने सर्वसाधारणलाई सम्झाइबुझाइ छाडिएपनि अब भने पक्राउ गरी कानुन अनुसार कारबाही गर्न सुरक्षा निकायलाई प्रष्ट निर्देशन दिइएको छ ।

पश्चिम नवलरासीको भारतीय सीमावर्ती क्षेत्रमा कोरोना भाइरसको संक्रमण भेटीएपछि नेपालतर्फ थप कडाइ गरिएको हो ।


प्रकाशित : चैत्र २३, २०७६ १०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×