एउटा यामको परिश्रमलाई मौसमले साथ दिँदा खत्याड गाउँपालिका–८ का गणेश गिरीलाई वर्षभरि परिवार पाल्ने अन्न आफ्नै खेतबारीबाट ढुक्क थियो । पाँच वर्षअघिको जस्तो अवस्था अब रहेन ।
तिला गाउँपालिकास्थित गोठीगाउँमा भएको आगलागी पीडितलाई बिहीबार जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा नेतृत्वको टोलीले गाउँमै पुगेर पीडितलाई नगदसहित खाद्यान्न र गैरखाद्य सामग्री प्रदान गरेको हो ।
जुम्लाको तिला गाउँपालिका–७ गोठीगाउँमा आगलागी हुँदा ३२ घर लजेर नष्ट भएको छ । मंगलबार साँझ गोठीगाउँका बरब रोकायाको घरबाट खाना पकाउने क्रममा एक्कासि आगलागी सुरु हुँदा गाउँका ३२ घर जलेर नष्ट भएका छन् ।
जुम्लाका तिला गाउँपालिका–७ गोठीगाउँमा २५ घर जलेर नष्ट भएका छन् । मंगलबार साँझ गोठीगाउँमा आगलागी हुँदा गाउँका २५ घर जलेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
चन्दननाथ नगरपालिका र यातायात व्यवसायीबीच बसपार्क सञ्चालनसम्बन्धी कुरा नमिल्दा अनिश्चितकालीन यातायात बन्द भएको छ । आफूहरुको मागप्रति नगरपालिकाले बेवास्ता गरेको भन्दै व्यवसायीले यातायात बन्द गराएका हुन् ।
सदरमुकामस्थित जुम्ला विमानस्थल विस्तारको लागि प्रक्रिया अघि बढेको छ । प्रदेश राजधानी सुर्खेतपछि दोस्रो ठूलो सहर जुम्लाको विमानस्थल विस्तारका लागि नागरिक उड्डयन प्राधिकरणले सर्भेलगायतको कामलाई तीव्र बनाएको हो ।
माइनस डिग्री तापक्रममा पनि नियमित फुटबलको अभ्यास गर्ने चन्दननाथ–२, भण्डारीबाडाका रुबेन भण्डारी अहिले फुटसलमा रमाइरहेका छन् । अर्का खेलाडी राज खत्रीले पनि दुई सातायता फुटसल नियमित खेलिरहेका छन् ।