कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

सेनाका अमलदारले गरे श्रीमतीको हत्या

दाङ — तुलसीपुरमा नेपाली सेनाका एक अमलदारले   शुक्रबार बिहान श्रीमतीको हत्या गरेका छन् । कपुरकोट गाउँपालिका-६, सल्यान घर भई हाल तुलसीपुर उपहानगरपालिका-६ मा बस्दै आएका सेनाका अमलदार ३६ वर्षीय शालिकराम बुढाथोकीले २७ वर्षीया श्रीमती टीका बुढाथोकीको खुर्पा प्रहार गरी हत्या गरेका हुन् ।

बाराको ज्वाला दल गणमा कार्यरत बुढाथोकी केही समयअघि शान्ति सेनाबाट फर्किएका थिए । बुढाथोकीले कोठामा रहेका १९ नम्बर बाहिनी तुलसीपुरमा कार्यरत अछामका सैनिक जवान २९ वर्षीय आरएन थापालाई खुर्पा प्रहार गरेका छन् ।

बुढाथोकीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए ।

प्रकाशित : जेष्ठ २५, २०८१ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×