कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

एक साताभित्र तिनाउ खोलामा डुबेर दुई जनाको मृत्यु 

माधव अर्याल

पाल्पा — एक सातामा तिनाउ खोलामा डुबेर दुई जनाको ज्यान गएको छ । पौडी खेल्ने क्रममा तिनाउ खोलामा डुबेर बुधबार एक किशोरले ज्यान गुमाएका छन् भने चार दिनअघि भारत गोरखपुरबाट घुम्न आएका एक युवाको तिनाउ खोलामा डुबेर मृत्यु भएको थियो । 

एक साताभित्र तिनाउ खोलामा डुबेर दुई जनाको मृत्यु 

पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबानजिक तिनाउ खोलामा पौडी खेल्ने क्रममा रुपन्देहीको बुटवल उपमहानगरपालिका–७, हिलपार्कका १७ वर्षीय राजीव लामाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । चार जना साथीहरु मिलेर खोलामा पौडी खेल्न गएको र राजीवको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए ।

पौडी खेलिरहेका चारमध्ये राजीव बेपत्ता भएका थिए । खोलामा बेपत्ता भएसँगै प्रहरीलाई खबर गरिएको र झन्डै तीन घण्टा खोजी गर्दा उनको शव फेला परेको हो । उनले यस वर्षको एसईई दिएका थिए । काठमाडौं घर भएका राजीव बुटवलमा मामाघरमा बस्दै आएका थिए । अन्य तीन जनालाई सकुशल उद्धार गरिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भारतको गोरखपुर बस्ने ३४ वर्षीय युवा ओनकारनाथ सिंहको गत आइतबार तिनाउ खोलामा डुबेर मृत्यु भएको थियो । गोरखनाथ मन्दिर गोरखपुर बस्ने सिंह तीन जना साथीसहित तिनाउ खोलामा गएको थिए । धमिलो पानी भएको र फोटो खिच्ने क्रममा चिप्लिएर लडेको प्रहरीले जनाएको छ । सिंह रेल्वे स्टेशनका कर्मचारी थिए ।

प्रकाशित : जेष्ठ १०, २०८१ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?