कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८१

लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

कमल पन्थी

बर्दिया — प्रहरीले ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई गएराति बढैयाताल गाउँपालिका–८ नयाँ बस्तीस्थित भित्री सडकबाट पक्राउ गरेको हो ।

लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डिएसपी तुलसीराम अर्यालका अनुसार बासगढी नगरपालिका–८ माछागढका २२ वर्षीय खड्गबहादुर थापा र सोही पालिका–८ का २६ वर्षीय रमेश थारुलाई ४ ग्राम ८ सय मिलिग्राम उक्त पदार्थ फेला पारेको जनाए ।

भारतीय सीमा बलैगाउँ हुँदै मोटरसाइकलमा आउँदै गर्दा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि नियंत्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

प्रकाशित : जेष्ठ ३२, २०८१ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x