कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

प्रतिपक्ष थप सशक्त हुन्छ : देउवा

नवीन पौडेल

परासी — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षको भूमिका थप सशक्त हुने बताएका छन् । संसद्‌मा कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको र कतिपयले आफ्नो समेत आलोचना गरिरहेकाले संसद्‌मा जनताको समस्यालाई प्रभावकारी ढंगले प्रस्तुत हुने बताए ।

प्रतिपक्ष थप सशक्त हुन्छ : देउवा

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका महेषपुरमा स्व. सांसद पृथ्वीराज कँडेलको अर्धकदको सालिक अनावरण र बसपार्क उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन् । ‘अहिले कांग्रेस सरकार बाहिर हुँदा प्रतिपक्षको भूमिकामा पनि प्रश्न गरिरहेको देख्छु,’ उनले भने, ‘व्यक्तिगतरुपमा मेरो पनि आलोचना भैरहेको छ । अब पार्टीले जनजीविकाको सवालमा केन्द्रित हुने छ ।’

देउवाले मूल भन्सार भएर पनि महेषपुर भन्सार पूर्णरुपमा संचालनमा आउन नसकेको र यसको भौतिक एवं प्रशासनिक सुधारका लागि पहल गर्ने आश्वासन दिए । पूर्वगृहराज्य मन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेलका पिता पृथ्वीराज कँडेलको स्मृतिमा बसपार्कको नामकरण गरिएको र अर्धकदको सालिक निर्माण गरिएको हो । स्वं कँडेल २०१५ सालमा पाल्हिमाझ खण्डपूर्वी निर्वाचन क्षेत्र नम्बर ५७ बाट निर्वाचित सांसद हुन् ।

कार्यक्रममा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले नेपाल र भारतको सिमानाकामा केही सांसदले काँडेतार लगाउनुपर्ने माग राखेको भन्दै मधेशी जनभावना र सुविधामा आँच आउने कुनै पनि कुरा नगर्न चेतावनी दिए । निजामती सेवा ऐन र शिक्षा ऐनलाई वर्तमान संविधानले दिएको अधिकारअनुसार तत्काल पारित गर्न ठूला तीन दललाई आग्रह गरे ।

क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीले राजनीतिक दल फरक-फरक भए पनि जिल्लाको विकासमा सबै दल एकै स्थानमा उभिनुपर्ने बताए ।

प्रकाशित : असार ८, २०८१ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×