कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

१५ वर्षअघि सुरुङ खनेर भाग्ने पक्राउ 

मनोज पौडेल

कपिलवस्तु — १५ वर्षअघि कारागारबाट सुरुङ खनेर फरार एक जना पक्राउ परेका छन् । भारत उत्तरप्रदेश सिद्धार्थनगर जिल्ला चिल्हिया थाना घर भएका स्कुल मियाँ अन्सारी भनिने मोहम्मद स्कुललाई शिवराज नगरपालिका–७ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवरत्न पौडेलले बताए ।

१५ वर्षअघि सुरुङ खनेर भाग्ने पक्राउ 

उनलाई डाँका मुद्दामा अदालतले ६ वर्ष ५ महिना ९ दिन कैद र चार लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

उनीसहित ८ जना कैदी ०६६ माघ २ गते कपिलवस्तु कारागारबाट सुरुङ खनेर भागेका थिए । उनीहरूले कोठाभित्रैबाट २१ फिट लामो सुरुङ खनेर कारागारको पूर्वी पर्खालबाट भागेका थिए । फरार कैदीबन्दी पक्राउ गर्ने अभियन अन्तर्गत उनी लुकीछिपी बसेको सूचना पाएपछि योजना बनाएर पक्राउ गरिएको उपरिक्षक पौडेलले बताए । सुरुङ खनेर भागेका ७ जना भने यसअघि नै पक्राउ परेका थिए । ‘सुरङ खनेर भाग्नु जघन्य अपराध हो,' उनले भने, ‘त्यसैले अन्सारीलाई लामो प्रयासपछि पक्राउ गरियो ।’ उनीहरूले करिब ढाइ फिट गोलाइमा सुरुङ खनेका थिए । रातभरी सुरुङ खनेर उनीहरू बिहान पख भाग्न सफल भएका थिए ।

उपरीक्षकमा पौडेल सरुवा भई आएपछि उनले अभियान चलाएर ९ महिनामा एक सय २६ जना फरार कैदीबन्दी पक्राउ परेका छन् । उनीहरूबाट एक सय ४७ वर्ष कैद सजाय र १६ लाख १३ हजार ५४५ रुपैयाँ जरिवाना भएका असुल्न बाँकी रहेको थियो ।

प्रकाशित : असार ८, २०८१ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×