कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८१

गुल्मी एमालेको अध्यक्षमा बालसिं काउछा विजयी

गगनशिला खड्का

गुल्मी — नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिं काउछा विजयी भएका छन् । बिहीबार सम्पन्न मतदानबाट प्रतिस्पर्धी हिरा एसीलाई १८२ मतान्तरले हराउँदै काउछा अध्यक्षमा विजयी भएका हुन् । 

गुल्मी एमालेको अध्यक्षमा बालसिं काउछा विजयी

बिहीबार राति सम्पन्न मतगणनाअनुसार काउछाले ३८४ मत प्राप्त गरी विजयी हुँदा एसीेले २०२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै उपाध्यक्षमा जीवन खरेल विजयी भएका छन् । खरेलले ३४८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी गणेश श्रीपालीले २१२ मत प्राप्त गरे ।

सचिव पदमा धर्म विश्वकर्मा १८१ मतान्तरले धर्म विश्वकर्मा र उपसचिवमा १३२ मतान्तरले चक्रबन्धु भुसाल विजयी भएका छन् । सचिवमा विश्वकर्माले ३७१ र प्रतिस्पर्धी पदम अर्यालले १९०, उपसचिवमा भुसालले ३४८ र प्रतिस्पर्धी ओम कार्कीले २१६ मत प्राप्त गरेका थिए ।

जिल्ला सदरमुकाम तम्घासमा मंगलबारदेखि सुरु भएको १२ औं अधिवेशनले उनीहरूसहित १ सय ५ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित गरेको छ । महिला उपसचिवमा लक्ष्मीदेवी पन्थसहित लेखा समिति र केही सदस्य भने निर्विरोध निर्वाचित भएका थिए । सदस्य पदमा युवा खुल्ला तर्फको १० जना, दलित खुल्ला ६ जना, अपांग, अल्पसंख्यक, मुस्लिमतर्फ २ जनाको लागि पनि निर्वाचन भएको थियो ।

मंगलबारदेखि नै केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, गुल्मी जिल्ला इन्चार्ज सूर्य थापा लगायतका नेताहरुले सहमतिको प्रयास गरे पनि समहमतिबाट नेतृत्व चयन हुन नसकेपछि बिहीबार दिउँसो निर्वाचन भएको थियो । अधिवेशनका लागि ६ सय १३ जना प्रतिनिधिमध्ये ५ सय ९५ मत खसेको थियो ।

प्रकाशित : जेष्ठ ३२, २०८१ ०६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x