कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८१

लुम्बिनी प्रादेशिक अस्पतालमा शनिबारदेखि अनलाइन टिकटिङ

सन्जु पौडेल

तिलोत्तमा — बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ओपीडी सेवाका लागि शनिबारदेखि अनलाइन टिकटिङ सेवा सञ्चालनमा आउने भएको छ । अब घरमै बसेर अनलाइन माध्यमबाट सेवाग्राहीले टिकट काट्न सक्ने छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालमा शनिबारदेखि अनलाइन टिकटिङ

यो सुविधा प्रयोग गर्न सेवाग्राहीले अस्पतालको मोबाइल एप तथा इन्टरनेट ब्राउजरमा गई अस्पतालको वेबसाइटबाट अनलाइन टिकट काट्न सक्नेछन् ।

उपचारका लागि आफूले भेट्नुपर्ने ओपीडी शाखा छनोट गरी चाहेको मितिका लागि निःशुल्क टिकट काट्न सक्ने व्यवस्था गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा ईन्द्र ढकालले जनाए । 'यो सेवालाई केही समय परीक्षणकालका रुपमा प्रयोग गर्नेछौं,' उनले भने, 'सफल भएमा नियमित रुपमा यसमै अघि बढ्नेछौं ।'

अस्पतालमा टिकटकै लागि सेवाग्राहीले घण्टौंसम्म लाइनमा बस्नु पर्ने बाध्यतालाई अन्त्य गर्न र सेवालाई थप गुणस्तर बनाउन अनलाइन सेवामा जान लागिएको उनले बताए ।

अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तर र समयसांपेक्ष प्रविधिको प्रयोग गरी सहज पहुँचमा ल्याउनका लागि थप सुविधा विस्तार गर्दै जानेसमेत उनले बताए । अस्पतालले सुरु गर्न लागेको अनलाइन टिकट सेवामा बीमा सेवा लिने भने तत्काल व्यवस्था रहेको छैन । उनीहरुलाई पनि विस्तारै समेट्ने गरी योजनामा रहेको ढकालले जानकारी दिए । अस्पतालमा दैनिक २ हजारदेखि २ हजार ५ सय जनासम्म बिरामी सेवाका लागि आउने गर्छन् ।

प्रकाशित : जेष्ठ ३२, २०८१ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x