कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

लुम्बिनीका मुख्यमन्त्री महराको शपथ बुटवल, पदभार दाङ

देउखुरी (दाङ) — लुम्बिनी प्रदेशका नवनियक्त मुख्यमन्त्री जोखबहादुर महराले बुटवलमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि दाङ आएर पदभार ग्रहण गरेका छन् ।

लुम्बिनीका मुख्यमन्त्री महराको शपथ बुटवल, पदभार दाङ

प्रदेश प्रमुखको कार्यालय बुटवलमा आइतवार दिउँसो २ बजेतिर प्रदेश प्रमुख अमिक शेरचनबाट मुख्यमन्त्री महराले शपथ गरेपछि करिब ३ घण्टाको यात्राबाट राजधानी राप्ती उपत्यका दाङकाे देउखुरीमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ ६ बजेतिर पदभार ग्रहण गरेका हुन् ।

राजधानी देउखुरी भएपनि प्रदेश प्रमुखको कार्यालय अस्थायी राजधानी बुटवलमै रहेको छ । पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले भ्रष्ट्रचार विरुद्धको रणनीति तथा कार्ययोजना ६० दिनभित्र तयार गरी कार्यान्यवन गर्न कार्यदल गठन गरका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव निराजन घिमिरेको संयोजकत्वमा भ्रष्टाचार निवारण र सुशासनको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि एवं विज्ञ सदस्य रहेको कार्यदल गठन भएको छ । कार्यदलले दुई महिनाभित्र कार्ययोजना सहित प्रतिवेदन पेश गर्नेछ ।

उनले लुम्बिनी प्रदेशको समग्र विकास र समृद्धिको पक्षमा योजनाबद्ध काम गर्ने बताए । उनले नवनियुक्त विना विभागीय मन्त्रीलाई छिटै मन्त्रालयको जिम्मेवारी दिइने बताए ।

मुख्यमन्त्री सहित आइतवार एमालेबाट चेतनारायण आचार्य, माओवादीबाट दीपेन्द्र कुमार पुन मगर र जसपाबाट भण्डारीलाल अहिर विना विभागीय मन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् । सरकारलाई एक महिनाभित्र पूर्णता दिने पनि उनले बताए ।

प्रकाशित : चैत्र २५, २०८० २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?